फाइनलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै


 


काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख छन् ।

नेदरल्यान्ड्सले भने दुई परिवर्तन गरेको छ । आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिइएको छ । फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्