सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च


 


काठमाडौं, फागुन २२ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ ।

सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य यसअघि गत पुस १ गते एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।

चाँदी आज तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्