बाल यौन दुराचारीबाट राजधानी मै असुरक्षित बालबालिका


 


काठमाडौं, पुस १४
बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्य सूचनाका आधारमा ठमेलको यम्बु होटलबाट यौन दुव्र्यवहारका लागि लगिएका ७ जना बालकलाई उद्दार गरेको छ ।

उद्धार गरिएका बालकहरु १२ देखि १६ वर्ष उमेर समूहका रहेको प्रहरीको भनाई छ ।

२०७१ साल पुस ४ गते ललितपुरका १५ वर्षीय बालकलाई बालात्कार गरेको अभियोगमा क्यानडाका नागरिक अर्नेस स्वाम्विकले अदाललतको आदेशबमोजिम कारबाही भोगिरहेका छन् ।

उनलाई जिल्ला अदालत ललितपुरले ७ वर्ष जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ती भराउनु पर्ने फैसला सुनाएको थियो । उनलाई पछि तत्कालिन पुनरावेदन अदालत पाटनले ७ वर्ष जेल र ३ लाख रुपैयाँ क्षतिपूर्ती भराएको थियो ।

यस्ता थुप्रै घटनाहरु छन्, बाल यौन दुराचारका । सहरमा बाल यौन दुव्र्यबहार गर्नेहरुको संख्या बढिरहेको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्