नयाँ समीकरणबारे लोसपा– न पक्ष न विपक्ष


 


काठमाडौँ, फागुन २१ । नयाँ बनेको सत्ता समीकरणबारे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पर्ख र हेरको अवस्थामा रहेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले नयाँ समीकरणबारे तत्काल कुनै नगर्ने भएको हो ।

पार्टिले तत्काल पक्ष वा विपक्षमा कतै नजाने निर्णय गरिएको पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए ।

सरकार र गठबन्धनका बारेमा थप केही निर्णय लिन पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिइएको समेत उनले बताए ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्