सिंहदरबार भत्काउन ‘प्रतिवेदन’


 


काठमाडौं, पुस १४
गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ ।

ती भवन सबलीकरण ‘रेट्रोफिटिङ’ गर्न समेत असम्भव रहेको भन्दै भत्काउनुपर्ने सुझाव दिइएको हो ।

मन्त्रालयले खटाएको संरचना प्राविधिक स्ट्रक्चरल इन्जिनियर को समूहले दिएको सुझाव प्रतिवेदनका आधारमा ऐतिहासिक महत्त्वका सम्पदा भत्काएर ‘उस्तै गरी बनाउने’ निष्कर्ष अघि सारिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक शिवहरि शर्माले प्राविधिकले दिएको प्रतिवेदनलाई अहिले ‘थप रायसुझाव र निर्णय’का लागि पुरातत्त्व विभागमा पठाइएको बताए ।

शर्माका अनुसार सिंहदरबारभित्रको पश्चिम–लन पहिले योजना विभाग बसेको मुख्य भाग, संसद् भवन ग्यालरी भवन, श्रीमहल पुल्चोक, बबरमहल, केशरमहल, केन्द्रीय कानुन पुस्तकालय रानीपोखरी, बाल मन्दिर, जुद्ध बारुण यन्त्र वसन्तपुर लगायतका संरचना तत्काल भत्काउनुपर्ने भन्दै प्राविधिकको टोलीले सुझाव दिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्