आज फागुन २१ गते सोमबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल फागुन २१ गते सोमबारको राशिफल ।

मेष

उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला ।

मिथुन

बोलीको प्रभावकारिता बढ्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर शुभ कार्यको योजना बन्नेछ ।

तुला

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तसँगको सहकार्यले लाभ मिल्नेछ ।

धनु

आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नरमाइलो समाचार पनि सुनिएला ।

कुम्भ

आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । तपाईंलाई आफन्तले कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । धार्मिक कार्यको योग पनि छ ।

बृष

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट

आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कन्या

धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

बृश्चिक

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मकर

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

मीन

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्