अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस १४ गते बिहीबार। इश्वी सन् २०१६ डिसेम्बर २९ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– औंसी, १२:१९ बजेउप्रान्त प्रतिपदा। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढ़सी लेखाइमा प्रगति हुनेछ । सामाजिक मानसम्मान मिल्नेछ । प्रशस्त धनलाभ पनि हुनेछ । साझेदारी काममा अलि नोक्सानी हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ब्यापार ब्यबसायबाट प्रसस्त आम्दानी हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । सरसापटमा गएको धन फिर्ता उठाउन मुस्किल पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका अधुरा कामहरु बन्नाले उत्साह थपिनेछ । यात्रामा हुने भेटघाटले प्रसन्नता दिलाउनेछ । साथीभाईको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रशंसकहरू बढ्नेछन् भने नाम र दाम कमाउने काम हातपर्नेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । फजुल खर्च बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचेको आटेको काममा सफलता मिल्नेछ । सन्तानसुख मिल्ने योग रहेकोछ । विवाद बढ्ने योग रहेको हुँदा बोल्दा विचार पुर्याउनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको प्रभाब बढ्नेछ भने बोलीकै माध्यमबाट धेरै कामहरु सफल हुनेछन । प्रतिस्पर्धी बढ्ने सम्भावना देखिन्छ । यात्राको अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनत गरे अनुसार कामहरु सफल हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तपाइको व्यक्तित्वको धेरैले प्रसंसा गर्नेछन । दाम्पत्य जीबन सुखमय बित्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । परिवार र आफन्तसंग मनमुटाब हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रयास गर्दा अध्ययनका लागि विदेश यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्