स्कुल बसको ठक्करबाट महिलाको मृत्युपछि स्थानीय आन्दोलित


 


जनकपुरधाम, फागुन २० । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीमा तिब्र गतिमा रहेको एन्जल्स सेकेन्डरी स्कुलको बसले हिँडिरहेकी सोही टठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो ।

बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीय आन्दोलित भएका छन्। स्थानीयले दुर्घटनामा परेको बस तोडफोड समेत गरेका छन् । घटनास्थलमा अहिले स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

गत माघ २५ गते पनि बिन्धीमै स्कुल बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको थियो।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्