प्रिमनसुन अवधि सुरू, देशभर मौसम बदली


 


काठमाडौं, फागुन २० । नेपालमा शुक्रबारदेखि प्रिमनसुनको अवधि सुरू भएको छ ।

प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली, सुदूरपश्चिम प्रदेशमा बढी बदली रहेको छ । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्