स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच घाइते


 


जनकपुरधाम, फागुन २० । जनकपुरधाममा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलको बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको हो ।

दुर्घटनामा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्