तारकेश्वरबाट जुवातास खेलिरहेका ७ जना पक्राउ


 


काठमाडौं, फागुन २० । काठमाडौंको तारकेश्वर नगरपालिका–१० बाट जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् ।

तारकेश्वरको मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका–७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको
जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्