बालिका बलात्कार आरोपमा एक जना पक्राउ


 


बर्दिया, फागुन २० । बर्दियाको बारबर्दियाबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय विकास थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्