प्रधानमन्त्री प्रचण्डद्वारा देउवा र ओलीसँग छुट्टाछुट्टै भेटेवार्ता


 


काठमाडौँ, फागुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक ९टीआरसी०बारे दुई नेतासंग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद्को कानुन समितिमा रहेको उक्त विधेयक सहमतिमै अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै चार बुँदामा असहमति जनाएको थियो ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्