बलात्कार मुद्दाका फरार प्रतिबादी फक्राउ


 


कञ्चनपुर, फागुन २० । कञ्चनपुर प्रहरीले जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दामा ६ महिना कैद सजाय र तीन हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका दोधारा चाँदनी नगरपालिका–१ बका ४३ वर्षीय केशवराज भट्ट पक्राउ परेका हुन् ।

भट्टलाई शनिबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्