साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य


 


काठमाडौं, फागुन २० । नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढेको छ ।

सुन आज तोलामा दुई हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्