जंगलमा लगेर बृद्धको हत्या, श्रीमान श्रीमती पक्राउ


 


नुवाकोट, फागुन १८ । किस्पाङ गाउँपालिकाबाट एक वृद्धको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

किस्पाङ बस्ने रसुवा उत्तरगया गाउँपालिका–३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको अभियोगमा प्रहरीले रसुवा कालिका गाउँपालिका–२ धेवुगं बस्ने ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल पक्राउ परेका हुन् ।

किस्पाङ गाउँपालिका–५ खत्रीकुना जंगलमा टेकप्रसाद मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए । सो घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको हो ।

पहरीका अनुसार विगतको रिसईवीको कारण उनीहरुले भट्टलाई ललाई फकाई जंगलमा लिएर दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत नुवाकोटबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्