फास्टट्रयाक तीन वर्षभित्र तयार हुने उपप्रधानमन्त्री खड्काको दाबी


 


काठमाडौं, फागुन १८ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र तयार हुने दाबी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उपप्रधामन्त्री खड्काले विसं २०८३ चैत मसान्तभित्र फास्टट्रयाक निर्माण पूरा हुने दाबी गरेका हुन्‌ ।

उनले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने बताए ।

मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि पनि छलफल जारी रहेको बताए ।

यस्तै उनले नेपाली सेनाको कल्याणकारी कोषमार्फत हेटौँडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन पनि आफूसमक्ष पेश भएको जानकारी दिए । उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको र आवश्यक निर्णय नभइसकेको उनले बताए ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्