रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने


 


काठमाडौँ, फागुन १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ ।

आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश ९१०को उपनिर्वाचनमा रास्वपाले भाग नलिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा ९१०का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।

बझाङको प्रदेशसभा ९१० बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्