सुदूरपश्चिममा संसदीय दलको नेता हटाउनु गलत ठहर


 


काठमाडौं, फागुन १८ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा पार्टी संसदीय दलका नेता खटराज भट्टलाई हटाउने निर्णय गलन भएको ठहर गरेको छ ।

पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी कमिटी बैठकले दल नेता हटाउने निर्णय गलत भएको ठहर गरेको हो

बैठकले उक्त निर्णय पार्टी पद्दतिविपरित भएको ठहर गर्दै उक्त निर्णयमा सहभागीहरूको आलोचना गरेको छ । साथै आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहोर्‍याउनका लागि सचत गराउने निर्णय समेत गरेको छ ।

प्रदेशसभामा भएको उक्त निर्णयलाई पार्टिले वैधानिकता दिएको भन्दै उपमहासचिव जनार्दन शर्मा र स्थायी समिति सदस्य समेत रहेका भट्टले बैठकमा फरक मत राखेका थिए ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्