किशोरी बलात्कार आरोपमा युवक पक्राउ


 


मोरङ, फागुन १८ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–२ बाट एक जना युवक पक्राउ परेका छन् ।

किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा बेलबारी–२ का २२ वर्षीय अबिशेक श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

युवकविरुद्ध उजुरी परेपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्