कांग्रेस र एमाले उपलब्धि समाप्त पार्ने खेलमा लागेका छन् – यादव


 


काठमाडौं, पुस १३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले कांग्रेस र एमालेका कारण गणतन्त्र र संघीयता नै समाप्त पार्ने खेलमा लागेको बताएका हुन्।

उनले प्रमुख दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन नगरीकन चुनाव गरे मुलुक द्धन्द्धतर्फ जाने चेतावनी दिए । उनले मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन भएको बताए। उनले सरकारले दर्ता गराएको प्रस्ताव अपुरो र अधुरो रहेको पनि बताए।

अध्यक्ष यादवले संविधान संशोधन नगरीकन गरिने कुनै पनि चुनाव आफूहरुलाई मान्य नहुने पनि बताए। उनले प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेर गलत काम गरिरहेको समेत आरोप लगाए।

 

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्