स्रोत नखुलेको रकमसहित एक जना पक्राउ


 


सर्लाही, फागुन १८ । लालबन्दी नगरपालिका–१४ लखन्देही खोलाबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले सोही नगरपालिका–१४ बस्ने ४६ वर्षीय धनबहादुर पाख्रिनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२–०३–०११ प ८३५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई उक्त नगदसहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्