जबरजस्ती करणी आरोपमा ६२ वर्षीय पुरुष पक्राउ


 


काठमाडौं, फागुन १८ । नवलपरासी पूर्वमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जबरजस्ती करणी आरोपमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुकबहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई
पक्राउ जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्