सरकारको आँखा र कान भएपनि देख्ने र सुन्न छोड्यो : लिङ्देन


 


काठमाडौँ, फागुन १८ । राप्रपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले आँखा देख्न र कान सुन्न छोडेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए । उनले संसदकमा सरकारको उपस्थिति नभएसम्म संसद चल्न नसक्ने बताए ।

सरकारले मिटरज्याज पीडित, लघुवित्त पीडितलगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको उनले बताए । उनले यी समग्र विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्