नेपाली टोलीमा तीन खेलाडी परिवर्तन


 


काठमाडौं, फागुन १८ । त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ ।

टोलीमा आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । अनिल शाह, अभिनाश बोहरा र आरिफ शेख टोलीमा आएका छन् ।

नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ ।

नेपालको टोली :

आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्