सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


 


काठमाडौं, फागुन १८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्