शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति


 


काठमाडौं, फागुन १७ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी वाइबालाई काठमाडौं जिल्ला अदालतले बिहीबार चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनलाई पक्राउ गरी काठमाडौं ल्याएर बिहीबार म्याद थपका लागि अदालत लगिएको हो । वाइबाविरूद्ध आफूमाथि कुटपिट भएको भन्दै कलाकार खतिवडाले प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्