मिटरब्याज पीडितले निकाले बालुवाटारसम्म सिट्ठी जुलुस


 


काठमाडौँ, फागुन १७ । मिटरब्याज पीडितहरूले काठमाडौंमा सिट्ठी जुलुस निकालेका छन् ।

उनीहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म मार्चपाससहित सिट्ठी बजाएर जुलुस निकालेका हुन् ।

मेची-महाकालीदेखि हिँडेरै काठमाडौँ पुगेका मिटरब्याज पीडितहरु विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।

उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन । माग पूरा नभएपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त पारेका छन् ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्