नेदरल्यान्ड्ससंंग नामिबिया ५९ रनले पराजित


 


काठमाडौं, फागुन १७ । युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

जितको लागि २ सय ४८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नामिबियाले ७ विकेट गुमाएर १ सय ८८ रन मात्र जोड्न सक्यो । जेन ग्रीन र जान फ्रिलिंकले समान ४२(४२ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोडेको थियो ।

लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

टियु क्रिकेट मैदानमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सको ४ अंकसहित शीर्ष स्थानमा पुग्दा नामिबियाको २ अंक र नेपाल अंकविहिन छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र नामिबिया खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्