जिम्मेवारीबाट पञ्छिने कर्मचारीलाई क्षतिपूर्ति गराउने प्रणाली आवश्यक : प्रधानमन्त्री


 


काठमाडौँ, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छिएर राज्यलाई क्षति पुर्याउने कर्मचारीलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् ।

चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले कर्मचारी जिम्मेवारीबाट पन्छाएकै कारणबाट मुलुकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए ।

सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियम बमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्