नेदरल्यान्ड्सले नामिबियालाई दियो विशाल लक्ष्य


 


काठमाडौँ, फागुन १७ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तगृत बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २ सय ४८ रनको विशल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनायो ।

जारी शृङ्खलामा यो नै सबैभन्दा ठ२लो योगफल हो । नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेले । उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काएर १ सय ३५ रन बनाए । यो शृङ्खलामा ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो ।

तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएर अर्धशतकी पाली खेले । तेजा निदामनुरुले १८ रन थपे । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्