सुनका गहनासहित विमानस्थलबाट एक जना पक्राउ


 


काठमाडौं, फागुन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित बुधबार राति एक जना पक्राउ परेका छन् ।

पत्थर जडित करिब ४६ ग्राम २० मिलिग्राम तौलको औठी २ थान र करिब ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री १ थानसहित काभ्रेपलाञ्चोक मण्डनदेवपुर नगरपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ बस्ने ५२ वर्षीय नारायण कृष्ण श्रेष्ठ पक्राउ परेका हुन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उनको साथबाट उक्त सुनका गहना बरामद गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्