घरको जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर मृत्यु


 


बाजुरा, फागुन १७ । बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रीमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।

आफ्नै भिनाजु दिर्घ सार्कीको घर निर्माणको लागि जग खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर कालिकोटको
पलाता गाउँपालिका–२ का १८ वर्षीय बिरेन्द्र सार्कीको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्