१४ वर्षीया बालिका बलात्कार आरोमा ६० वर्षीय पुरुष पक्राउ


 


धनगढी, फागुन १७ । कैलालीको टीकापुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप एक वृद्ध पक्राउ परेका छन् ।

बलात्कार आरोपमा टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्