मजदुरमाथि भएको कुटपिटबारे छानबिन गर्दै महानगर


 


काठमाडौँ, फागुन १७ । काठमाडौँ महानगरपालिकाले बुधबार साँझ सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको कुटपिटबारे छानबिन सुरु गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न एसएसपी राजु पाण्डेलाई बोलाइएको बताए ।

डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले साँझ सवा ८ बजेको समयमा सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाएको आरोप छ ।

साथै नगर प्रहरीले उनीहरुका सामान समेत लुटपाट गरेर लगेको आरोप नेपाल स्वरोजगार व्यापार श्रमिक संघले लगाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्