राप्रपाले चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्ने


 


काठमाडौं, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते काठमाडौं केन्द्रीत जनसंघर्ष गर्ने भएको छ ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको ४० बुँदे माग पूरा गराउन दवाव दिन जिल्लाहरूमा जनदवाका कार्यक्रम गर्ने र काठमाडौंमा जनसंघर्ष गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी दिए ।

राप्रपाले बुधबार जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षणसमेत दिएको छ ।
राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण गर्ने, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्र, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा गर्ने निर्णय गरेको छ ।

यस्तै चैत १० गते देशका मुख्य सहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्