सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


 


काठमाडौं, फागुन १७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्