संसद भवन, सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी हटाइयो


 


काठमाडौं । फुटपाथमा हिँड्न नदिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ ।

बुधबारराति प्रहरीले तीन वटै ठाउँको फुटपाथमा टाँगेको डोरी हटाएको हो ।

गत सोमबार लघुवित्तऋणीहरु संसद भवनभित्र छिरेपछि प्रहरीले मंगलबार त्यसवरपर हिँड्न समेत निषेध गराई डोरी टाँगेको थियो । फुटपाथमा हिँड्न रोक लगाएपछि सर्वसाधरण जोखिम मोलेरै सडकबाटै हिँडडुल गरिरहेका थिए ।

तर चर्को आलोचना भएपछि बुधबार साँझ सबै ठाउँको डोरी हटाइएको छ । सोमबार लघुवित्तका ऋणीहरुको एउटा समूह बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको थियो । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएका थिए ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्