राष्ट्रिय मान्यता नपाएको दलका मान्छे प्रधानमन्त्री हुन्छु भनेर कराएका छन् : ओली


 


काठमाडौँ, फागुन १६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मान्यता नपाएको दलका मान्छे मान्छेले प्रधानमन्त्री हुन्छु भन्नु हास्यास्पद भएको बताएका छन् ।

बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधव नेपाललाई इंगित गर्दै यस्तो बताएका हुन् । उनले अध्यक्ष नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताए ।

उनले संविधान, कानुन कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर समेत गरे ।

त्यस अवसरमा अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दाबी गरे ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्