अमेरिकासहित १८ देशका ११ सय ६२ सैनिक पाँचखालमा


 


काठमाडौँ, फागुन १६ । काभ्रेपलान्चोकको पाँचखालमा अमेरिकासहित १८ देशका सैनिकहरू जम्मा भएका छन् । अभ्यास शान्ति प्रयास–४ अन्तर्गत संयुक्त तालिममा सहभागी हुन उनीहरू पाँचखालमा आएका हुन् ।

अमेरिका र अस्ट्रेलियासहित १८ देशका सैनिकहरूलाई ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन’ मा कसरी काम गर्ने भन्नेबारे तालिम सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ ।

अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इन्डोनेसिया, मङ्गोलिया, थाइल्यान्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया र अमेरिकन सैनिकले तालिम लिइरहेका हुन् ।

अभ्यास शान्ति प्रयासको चौथो संस्करण फागुन २१ मा पुरा हुने पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका महासेनानी सञ्जित श्रेष्ठ सिन्याले बताए । अभ्यास शान्ति प्रयासमा १० प्लाटुन विदेशी सैनिक र दुई प्लाटुन नेपाली सैनिक छन् ।

अभ्यासमा १ हजार १ सय ६२ जना सैनिक सहभागी रहेको सैनिक अधिकृतहरू बताउँछन् । विभिन्न १० मुलुकका २८ जना अधिकृत सैनिकहरूले युएन हेडक्वार्टरमा कसरी काम गर्ने भन्ने तालिम दिइरहेका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्