संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गर्यो : ओली


 


काठमाडौं, फागुन १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको बताएका बतनएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको भन्ने विषय प्रष्ट समेत नभएको बताए ।

कांग्रेस अग्रगामी सोचका साथ अगाडि नआएको भन्दै उनले गठबन्धन बदलिएपछि कांग्रेस अत्तालिएको बताए ।

अध्यक्ष ओलीले संविधान संशोधन आवश्यक हुनसक्ने भएपनि आफूहरुसँग संख्या नपुग्ने भएकाले एमालेले अहिले संविधान संशोधनको चर्चा नगर्ने समेत बताए ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्