धितोपत्र बोर्डको अध्यक्षमा आवेदन खुल्यो


 


काठमाडौं, फागुन १६ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको छनोट समितिले कार्यविधि सार्वजनिक गरेसँगै अध्यक्ष पदका लागि आवेदन खुलाएको हो । अध्यक्ष पदमा योग्यता पुग्ने व्यक्तिले माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ ।

छनोट समितिले अध्यक्ष छनौटका व्यवसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा ४० अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणमा १८ अंक र अन्तरवार्तामा ३० अंक तोकेको छ।

सबैभन्दा धेरै अंक प्राप्त गर्नेमध्ये तीन जना छानेर सरकारलाई सिफारिस गरिने छनोट समितिले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्