नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य


 


काठमाडौं, फागुन १६ । त्रिकोणात्मक टि–२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले आक्रामक सुरुवात गर्दै अर्धशतक प्रहार गरे ।

उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे । नवौं ओभरमा कुशल मल्ललाई आक्रमण गर्ने प्रयासमा उनी स्टम्पिङ आउट भए ।

त्यसअघि तेस्रो ओभरमा करण केसीले म्याक्स ओ डाउडलाई ४ रनमा आउट गराए । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए ।

साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्