सडक खन्ने क्रममा स्काईभेटर पुरियो, चालक घाइते


 


बैतडी, फागुन १६ । बैतडीको सुर्नया गाउँपालिका–८ को ढोल्यामोडदेखि सतवाँज चौराह निस्कने भित्रि सडकखण्ड डबल कटिङ गर्ने क्रममा स्काइभेटर पुरिएको छ ।

सडक खन्नेक्रममा आकृति जाकृति मुनाल कन्ट्रक्सनको बा ३ क १४८ नम्बरको स्काईभेटर मंगलबार दिउँसो सडक खन्ने क्रममा पहिरो गएपछि पुरिएको हो ।

पहिरोले स्काइभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २६ वर्षीय आनन्द गिरी घाइते भएका छन् ।

उनको घाँटी र कम्मरमा चोट लागेको छ भने उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्