करेन्ट लगाएर माछा मार्नेक्रममा युवकको मृत्यु


 


डडेल्धुरा, फागुन १६ । डडेल्धुरा आलिताल गाउँपालिका–८ सुनखोलामा ब्याट्रीद्धारा करेन्ट लगाएर माछा मार्ने क्रममा
करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका–१ गैराका २८ वर्षीय राजु बिकको मंगलबार साँझतिर मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका उनको उपचारको लागि डडेल्धुराको जोगबुढा अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्