आज सामान्य घट्यो सुनचाँदीको मूल्य


 


काठमाडौं, फागुन १६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्