टि-२०आई सिरिज : नेपाल टस जित्यो, पहिले फल्डिङ गर्ने


 


काठमाडौं, फागुन १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् ।

नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्