कञ्चनपुरमा बेपत्ता युवक मृत भेटिए, दुईजना पक्राउ


 


धनगढी, फागुन १५ । कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत भेटिएका छन् ।

आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

महाकाली सिचाइँको मूल नहरमा तैरिहेको अवस्थामा बिष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको डीएसपी डाँगीले जानकारी दिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्