लफ्टि-इटनको कीर्तिमानी शतकमा नेपाललाई विशाल लक्ष्य


 


काठमाडौं, फागुन १५ । जान निकोल लोफ्टि-इटनको विश्व कीर्तिमानी इनिङमा त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि(इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे ।

अन्तिम ओभरमा क्याचआउट हुनुअघि उनले ३६ बलमा ११ चौका र ८ छक्कासहित १ सय १ रन जोडे । उनले ३३ ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।

नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । लफ्टि(इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ९ ओभरमा १ सय ४० रन खर्चेको थियो ।

ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो । नवौं ओभरमा जेपी कोट्जे ९ बलमा ११ रन जोड्दै पेभेलियन फर्किए । रोहितको बलमा कोट्जे विवेक यादवको उत्कृष्ट क्याचको शिकार बने ।

११ औं ओभरमा जान फ्रिलिंक आउट हुँदा नामिबिया ६२-३ को स्थितिमा थियो । तर त्यसपछि लोफ्टि(इटन र मलान क्रुगरको साझेदारीले नेपाल संकटमा परेको थियो ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्