प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ


 


काठमाडौं, फागुन १५ । प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०को टोलीले बैकिङ्ग कसुरमा डेपुटी सिइओ मनोज न्यौपाने, पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो ।

एआइजी किरण बज्रचार्यले मंगलबार १० जनालाई पक्राउ गरिएको जानकारी दिइन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो।

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो ।

उनीहरुमाथि सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्